Health Care
Welcome to Health Care Management Forum

छिमेकी बाट मित्र बन्न नसकेको भारत ।

View previous topic View next topic Go down

छिमेकी बाट मित्र बन्न नसकेको भारत ।

Post by Suvash Regmi on Tue Jun 18, 2013 11:51 pm

भारत परस्त नेपाली नेताहरुले भारतलाई जति नै मित्रराष्ट्रको पगरी गुथाएपनि भारत भने एउटा छिमेकीभन्दा माथि उठ्न सकेको छैन । यसको पछिल्लो ज्वलन्त उदाहरण बनेको छ महाकाली नदिको मुहानमा भारतले एकतर्फी रुपमा बनाएको धौलिगंगा जलबिद्युत परियोजनाको बाँध खोलेपछि भएको दार्चुला सदरमुकाम खलंकामा भएको अर्बौं रुपैयाँको क्षति ।

सन् १९९९ मा उत्तराखण्डको धार्चुला उत्तरमा रहेको धौलिगंगामा ड्याम निर्माण गरेर भारतले २ सय ८० मेघावाट बिजुली उत्पादन गर्दै आएको छ । नेपाल सिमामा पर्ने उक्त ठाउँमा कुनैपनि भौतिक संरचना बनाउँदा नेपालको अनुमति लिनुपर्नेमा त्यसको ठाडो उल्लंघन गरेर बाँध बनाएको भारतले धौलिगंगामा बढी भएको पानी तवाघाट नजिकबाट सीमा नदी महाकालीमा खसालि दिएपछि खलंगाका २७ घर बाढीले बढाएको छ भने ४३ घर क्षतिग्रस्त बनेका छन ।

सामान्य जानकारी समेत नदिएर भारतले हेपाहा प्रबृत्ति देखाउँदै आइतबार बाँध खोलिदिंदा महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगामा अत्याधिक क्षति पुगेको यहाँका दलका प्रतिनिधिहरुले समेत आरोप लगाएका छन । यद्यपी जिल्लाका नेताहरुले यसको बिरोध गरेपनि केन्द्रिय नेताहरुले अझै सम्म भारतको ज्यादति बिरुद्ध मुख फोर्न सकेका छैनन ।
एकपक्षीय र सुनियोजित ढंगले ढोका खोलिएको भन्दै जिल्ला स्तरिय नेताहरुले आपत्ति ब्यक्त गरेका छन् । मंगलवार बिहान जिल्लाका कृयाशिल सबैजसो राजनीतिक दलका प्रतिनिधिहरुको आकस्मिक बैठक बसेर नेपाली प्रशासनलाई समेत जानकारी नदिएर भारतले परियोजनाका ढोका खोल्दा सदरमुकाममा धनजनको अत्याधिक क्षति भएकाले यो घटनाको अन्र्तराष्ट्रिय स्तरबाटै छानबिन हुनुपर्ने माग राखेका छन ।

भारतीय ज्यादती र घटनाबारे जानकारी लिन दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय समकक्षिलाई टेलिफोन गर्दा टेलिफोन समेत उठाएका छैनन । बढी प्रभावित हुने नेपाललाई थाहै नदिइ विद्युत गृहको ढोका खोलेको भारतले उसका नागरिकलाई भने माइकिङ गरेर त्यसको जानकारी दिएको बुझिएको छ ।

भारतले सन् १९९९ मा महाकालीको सहायक नदि धौलिगंगामा बनाएको विद्युत गृह बातावरणीय मुल्यांकनका दृष्टिले समेत निर्माण गर्न उचित नहुने तथा सिमा नियमले समेत नदिने भएपनी नेपाल सरकार र भारत परस्त दलका नेताहरुका कारण भारतले नेपालमाथि अन्याय र सिमा नियम उल्लंघन गरेर सिमा मिच्ने देखी नेपालीमाथि ज्यादती गर्दै आएको छ ।

Suvash Regmi

Posts : 4
Join date : 2013-05-03

View user profile

Back to top Go down

View previous topic View next topic Back to top


 
Permissions in this forum:
You cannot reply to topics in this forum