Health Care
Welcome to Health Care Management Forum

नेपालमा एशियास्तरको अस्पताल खोल्दै महतो

View previous topic View next topic Go down

नेपालमा एशियास्तरको अस्पताल खोल्दै महतो

Post by Suvash Regmi on Tue May 28, 2013 8:47 am



गरीब देशको धनी भनेर चिनाउने रहर छैन

गैरआवासीय नेपालीहरुमा चिरपरिचित उपेन्द्र महतोले नेपालमा १० अर्ब रुपैयाँको लगानीमा नयाँ अस्पताल खोल्दै हुनुहुन्छ । ललितपुरको भैंसेपाटीमा निर्माण सुरु भइसकेको ‘अश्विन मेडिकल’ नामको अस्पताल ४ सय शैया क्षमताको हुने महतोले जानकारी दिनुभयो ।

एसिया प्रशान्त क्षेत्रकै उच्चस्तरीय अस्पतालमध्येमा पार्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको महतोले अनलाइनखबरलाई बताउनुभयो । ‘पेट्रोयिम पदार्थपछि नेपालबाट धेरै पैसा विदेश जानेमध्ये स्वास्थ्य र शिक्षामा हो,’ महतो भन्नुहुन्छ -’तीन बर्षभित्र संचालनमा आउनेगरि अन्तराष्ट्रियस्तरको अस्पताल निर्माण गरिरहेका छौं ।’

अधिकांश नेपालीले उपेन्द्रलाई सर्वाधिक धनी नेपालीका रुपमा चिने पनि अहिलेसम्म कुनै पनि अन्तराष्ट्रिय सूचीकरणमा उनको नाम परेको छैन । पहिलोपटक विनोद चौधरीले फोब्र्समा नेपाली अर्बपतिका रुपमा नाम लेखाउँदा उहाँको नाम किन आएन भनेर धेरैले सोधीखोजी पनि गरे । तर, उपेन्द्र आफै भने धनी भनेर चिनाउने कुनै रहर नभएको बताउनुहुन्छ ।

‘गरिव देशको धनी नागरिक भनेर चिनाउँदा मलाई गौरव हैन, लज्जा हुन्छ’- उहाँले अनलाइनखबरसँग भन्नुभयो-’नेपाल विकासमा अगाडि बढ्यो भनेर अन्तराष्ट्रिय रुपमा चर्चा नहुँदासम्म मेरो नाम कहीँ पनि आउँदैन ढुक्क हुनुस् ।

Suvash Regmi

Posts : 4
Join date : 2013-05-03

View user profile

Back to top Go down

View previous topic View next topic Back to top


 
Permissions in this forum:
You cannot reply to topics in this forum